आज सामान्यतया देशभर मौसम सफा रहने मौसमविद् रोजन लामिछानेले बताए। उनका अनुसार आज कतै हिमपात वा वर्षाको सम्भावना छैन।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार यतिबेला आइतबार बिहान देशभर मौसम सामान्यतया सफा छ। देशका पश्चिम तथा मध्य तराईतिर केही स्थानमा भने हल्का हुस्सुकुहिरो लागेको छ। तर यो घामसँगै हटेर जाने मौसमविद्ले बताएका छन्।
बुलेटिनअनुसार दिउँसो देशभर मौसम सामान्यतया सफा रहने भए पनि रातिचाहिँ लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली आकाशमा थोरै बादल बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्रीमा झरेको छ।
.jpg)


