बुधबार, कार्तिक १९ गते २०८३
images
images

पुष्पा आत्मदाह घटना: इन्गेजमेन्ट तोडेका सुधनविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

एक्सप्रेस पाना
मंसिर २७, २०७९ मंगलबार
  • 261
    SHARES
  • पुष्पा आत्मदाह घटना: इन्गेजमेन्ट तोडेका सुधनविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

    इन्गेजमेन्ट तोडिएपछि धुम्बाराहीमा आत्मदाह गरेकी पुष्पा न्यौपानेको घटनामा इन्गेजमेन्ट तोड्ने सुधन संग्रौलाविरुद्ध प्रहरीले आत्महत्या दुरुत्साहनमा मुद्दा अगाडी बढाएको छ।

    images

    मङ्सिर १९ गते साँझ सुधनको घर नजिकै पुगेर पुष्पाले आफैँलाई पेट्रोल छर्किएर आगो लगाएकी थिइन्। उनको भोलिपल्ट कीर्तिपुर वर्न अस्पतालमा मृत्यु भएको थियो।

    मुलुकी अपराध संहिता अनुसार आत्महत्या दुरुत्साहनको कसुरमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। सुधनलाई यही सजाय माग गर्ने गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

    images

    घटना भएकै दिन सुधनसहित उनका दाजु र बाबुआमालाई पनि प्रहरीले पक्राउ गरेको थिए। तर अदालतले सुधनलाई मात्रै आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउन अनुमति दिएको दिएको छ।

    सुधन र पुष्पाले गत भदौ १८ गते इन्गेजमेन्ट गरेका थिए। तर इन्गेजमेन्टपछि उनीहरूको सम्बन्ध बिग्रिएको थियो।