एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनौट अन्तर्गत युरोपेली छनौट खेलमा साविको विजेता फ्रान्स पुनः बराबरीमा रोकिएको छ ।
शनिबार राति युक्रेनको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीसँग १(१ गोलको बराबरीमा रोकिएको हो ।
खेलमा सुरुवाती अग्रता भने घरेलु टोली युक्रेनले बनाएको थियो । उसका लागि माइकोला शापरेन्को गोल गरि पहिलो हाफभरि १-० गोलको अग्रता दिलाए । उनले पहिलो हाफको खेलको अन्तिम ४४औं मिनेटमा गोल गरेका हुन् ।
यता पहिलो हाफमा १-० गोलले पछि परेको पाहुना टोली फ्रान्सको लागि दोस्रो हाफको खेलको ५औं मिनेटमा एन्टोनी मार्शल गोल गरि खेल १-१ गोलको बराबरी अवस्थामा फर्काए ।
त्यसपछि बाँकी समय थप गोल नहुँदा दुई टोलेले १-१ अंक बाँढेका हुन् । उक्त बराबरीसँग ५ खेलबाट ९ अंक बनाएको फ्रान्स शीर्ष स्थानमा रहेको छ । उसले ५ खेलमा २ जित र ३ बराबरी खेलको छ । यता समान खेलबाट ५ अंक बनाएको युक्रेन तेस्रो स्थानमा रहेको छ । उसले ५ खेलमा ५ खेल नै बराबरी खेलेको छ ।


