शुक्रबार, भाद्र २६ गते २०८३
images

बलिवुड अभिनेता विवेक ओबराय काठमाडौँमा

एक्सप्रेस पाना
मंसिर २९, २०७९ बिहीबार
  • 210
    SHARES
  • बलिवुड अभिनेता विवेक ओबराय काठमाडौँमा

    काठमाडौँ । भारतीय चलचित्रका अभिनेता विवेक ओबराय बुधबार नेपाल घुम्न यहाँ आइपुगेका छन् । उनी परिवारसहित घुम्न नेपाल आएका हुन् । 

    images

    व्यवसायी पुनम यादवको निम्तोमा आएका अभिनेता ओबराय दश दिन नेपालमा रहने बताइएको छ । “पहिलोपटक नेपाल आएको हुँ, मेरो बुबाआमा धेरै पटक आइसक्नुभएको छ”, त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने । नेपाल बसाइँका क्रममा पशुपतिनाथ दर्शनका साथै लुम्बिनी, पोखरालगायत ठाउँ घुम्ने कार्यक्रम रहेको बताइएको छ । 

    अभिनेता ओबरायले प्याराग्लाइडिङ, बन्जीजम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम तय भएको छ ।   

    images