माझी समुदायमा ‘माझी किङ’ को रुपमा परिचित गायक यमन माझीको ‘यो माया भन्ने को होला’ बोलको गीत सार्वजनिक भएको छ । माझी समुदायमा चिर परिचित उनी एक सक्रिय गायक एवं नायक हुन् ।
गीतमा उनै यमन माझीको शब्द, सङ्गीत र स्वर रहेको छ। लक्षु प्रकाश मल्लले एरेन्ज गरेको गीतलाई बिग परिवेशमा रेकर्ड गरिएको हो । म्युजिक भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन । भिडियोमा नायक अर्जुन खड्का र सन्जु भट्टराइको अभिनय रहेको छ ।

