बुधबार, कार्तिक १९ गते २०८३
images
images

पर्यटकियस्थल पाँचपोखरी सरसफाई अभियानबाट ५सय किलो फोहोर संकलन

एक्सप्रेस पाना
मंसिर २९, २०७९ बिहीबार
  • 312
    SHARES
  • पर्यटकियस्थल पाँचपोखरी सरसफाई अभियानबाट ५सय  किलो फोहोर संकलन

    पर्यटकिय स्थल पाँचपोखरीको सरसफाई अभियानमा ५ सय किलो फोहोर संकलन गरिएको छ ।  कुहिनेर नकुहिने गरि ५ सय किलो फोहोर संकलन गरि भरिया मार्फत भोताङको फोहोर संलनमाल्याइएको सहयोगी सँस्था आर्सो नेपालका परियोजना सँयोजक हर्क तामङले बताउनुभयो । 

    images

    “पर्यटन प्रर्वद्धनमा हाम्रो दृष्टि,सफा राखौं आफ्नो सृष्टि” भन्ने नाराकासाथ गत मंगलबारबाट पाँचपोखरी थाङ्पाल गाउँपालिकाकोभोताङबाट सरसफाई अभियान सुरुगरिएको संस्कृती पर्यटन प्रर्वद्धन समितिका सचिव मुकुन्दपाण्डेलेजानकारी दिनुभयो ।

    No description available.

    images

    पाँचपोखरी थाङ्पाल गाउँपालिकाकोआयोजना, नेपाल पर्यटन बोर्ड, न्यू भिजन नेपालको सह आयोजना तथा आर्सो नेपालर टि जि एच नेपालको समन्वयमा विश्वकै नवौंअग्लो स्थानमा पर्ने पाँचपोखरीको सरसफाई अभियान गरिएको हो । पाँचपोखरीनेपालभ्रमण बर्ष २०२०मा घुम्नै पर्ने पर्यटकिय स्थलहरुको सुचिमा समेत परेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । जनै पुर्णिमाको अवसरमा मेलालाग्ने र भक्तजनतथा पर्यटकहरुले प्लाष्टिक, बोतल लगायत अन्य सामाग्रीको जथाभावि प्रयोगलेवातावरण बिग्रने हुनाले सरसफाई अभियान सञ्चालन गरिएको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

    तस्बिर : युराजभट्टराई 

    No description available.

    No description available.