शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘प्रसाद २’को छायांकन सुरू

एक्सप्रेस पाना
पौष १, २०७९ शुक्रबार
  • 240
    SHARES
  • चलचित्र ‘प्रसाद २’को छायांकन सुरू

    नेपाली चलचित्र ‘प्रसाद २’ को छायांकन बिहीबारबाट सुरू भएको छ । माछापुछ्रे गाउँपालिकामा यो फिल्मको छायांकन ४० दिनसम्म चल्नेछ ।

    images

    बिहीबार बिहान भएको शुभसाइत समारोहमा मुख्य कलाकारहरु नायक विपिन कार्की र नायिका केकी अधिकारीले मुहुर्त सर्ट दिएका थिए ।

    सुदर्शन थापाद्वारा निर्देशित चलचित्रमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतका कलाकारको अभिनय रहनेछ ।

    images

    एस।जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई सुदर्शन बस्नेतले निर्माण गर्दैछन् । सुवास थापा चलचित्रका प्रस्तुतकर्ता हुन् ।

    चलचित्रमा राजेश श्रेष्ठको छायांकन, उत्तम न्यौपानेको ध्वनी, राजनराज सिवाकोटीको संगीत रहनेछ । चलचित्रलाई संचारकर्मी सुशिल पौडेलले लेखेका हुन् ।

    चलचित्र ‘प्रसाद’ सुपरहिट भएपछि यसको सिक्वेलको रुपमा ‘प्रसाद २’ को निर्माण हुन लागेको हो ।