शुक्रबार, भाद्र २६ गते २०८३
images

कमला घिमिरे व्यंग्यात्मक गीतका कारण विवादमा

एक्सप्रेस पाना
पौष १, २०७९ शुक्रबार
  • 233
    SHARES
  • कमला घिमिरे व्यंग्यात्मक गीतका कारण विवादमा

    प्रत्यक्ष लोकदोहोरी ‘छहारी बजारमा’ सुमन परियारसँग गाएको गीतका कारण कमला घिमिरे विवादमा परेकी छन् ।

    images

    छहारी युट्युब च्यानलले ५ दिनअघि युट्युबमा अपलोड गरेको यो दोहोरीका टुक्काहरु टिकटक लगायत सामाजिक सञ्चालमा भाइरल भइरहेका छन् ।

    कतिपयले गीतमा रहेको गायिका घिमिरेको स्वरको तारिफ गरेका छन् भने धेरैले गीतमा पछिल्ला चर्चित स्क्याण्डल मसलाको रुपमा प्रयोग भएको भन्दै आलोचना गरेका छन् ।

    images

    यो दोहोरीमा कसलाई निशाना बनाइएको हो भन्ने बुझ्न कठिन छैन । खासगरी १० लाख वाला टुक्काले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ ।

    कतिपयले समीक्षा अधिकारीलाई चोट दिएको भन्दै सामाजिक सञ्जाल मार्फत गीत बहिष्कारको माग गरेका छन् । सर्वसाधारणले मात्र होइन, लोकदोहोरी क्षेत्रका कलाकारले पनि कमलाले यस्तो गीत गाउनु र गाउन लगाउनु गलत भएको भन्दै प्रतिक्रिया दिएका छन् ।