शुक्रबार, भाद्र २६ गते २०८३
images

नेपाल र भारतबीचको दोस्रो मैत्रिपूर्ण खेल आज, कस्ले मार्ला बाजी?

एक्सप्रेस पाना
भाद्र २०, २०७८ आइतबार
  • 396
    SHARES
  • नेपाल र भारतबीचको दोस्रो मैत्रिपूर्ण खेल आज, कस्ले मार्ला बाजी?

    भदौ २० काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालको घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसँग हुने खेल अपरान्ह ५ः३० बजे सुरु हुनेछ । 

    images

    माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुने तालिका रहेको छ ।

    नेपाल र भारतबीचको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो । पहिलो खेल बराबरीमा सकिएको कारण दुबै टोली दोस्रो खेलमा स्पस्ट जित निकाल्ने योजनामा रहेका छन् । दुबै टोलीका प्रशिक्षकले पहिलो खेलमा देखिएको कमीकमजोरीलाई दोस्रो खेलमा सुधार गर्दै जित निकाल्ने बताएका थिए ।

    images

    नेपालको यस खेल भारतसँगको २१ औं खेल हुनेछ । तर, भारतविरुद्धको हेड टु हेडमा समेत नेपाल निकै पछि रहेको छ । हालसम्म भारतले १३ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ । सन् २०१३ मा नेपालमै भएको साफ च्याम्पियनसिपमा नेपालले भारतलाई समूह चरणमा २–१ ले पराजित गरेको थियो । त्यसता नेपालले भारतलाई पराजित गर्न सकेको छैन ।