बुधबार, कार्तिक १९ गते २०८३
images
images

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेटको कति ?

एक्सप्रेस पाना
पौष ३, २०७९ आइतबार
  • 197
    SHARES
  • बढ्यो अण्डाको मूल्य, प्रतिक्रेटको कति ?

    अण्डाको मूल्य बढ्न थालेको छ । बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य एक क्रेटको ३६० तय गरिएको छ । नेपाल लेयर्स कुखुरापालक संघको बैठकले बिक्री मूल्य तय गरेको हो ।

    images

    यसअघि अण्डाको मूल्य प्रतिक्रेट ३०० मा बिक्री हुँदै आएको थियो । संघका अध्यक्ष विनोद पोख्रेलले भने, ‘पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो ३० हुँदा अण्डा प्रतिक्रेट ३०० मा बिक्री हुन्थ्यो । अहिले दाना प्रतिकिलो ६५ पर्दा अण्डाको मूल्य उस्तै छ ।’

    औषधिलगायत अन्यमा पनि मूल्य दोब्बर भएको पोख्रेलको भनाइ छ । एक वर्ष ६ महिनाअघि अण्डाको मूल्य प्रतिक्रेट ४०५ पुगेर एकोहोरो ओरालो लागेको हो । त्यतिबेला खुद्रा मूल्य प्रतिगोटा १६ रहेको थियो । 

    images