बुधबार, कार्तिक १९ गते २०८३
images
images

शीतल निवासमा प्रचण्ड, ओली र खनालबीच छलफल, के भयो कुरा कानी ?

एक्सप्रेस पाना
पौष ६, २०७९ बुधबार
  • 171
    SHARES
  • शीतल निवासमा प्रचण्ड, ओली र खनालबीच छलफल, के भयो कुरा कानी ?

    काठमाडौं । डेढ वर्षपछि एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच अनौपचारिक छलफल र संवाद भएको छ ।

    images

    राष्ट्रपति कार्यालय शीतल निवासमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको सपथ कार्यक्रममा तीन पूर्वप्रधानमन्त्रीबीच छलफल भएको हो । तीनै नेता पूर्वप्रधानमन्त्रीको हैसियतमा सपथ कार्यक्रममा सहभागी हुनुभएको थियो। ओली, प्रचण्ड र खनाल सँगै तीनवटा कुर्सीमा बस्नुभएको थियो। त्यहीबेला उहाँहरूबीच संवाद भएको हो ।

    एमाले अध्यक्ष ओलीको निजी सचिवालयले सार्वजनिक गरेको तस्बिरमा तीनैजना कुराकानी गरिरहेको देखिन्छ । निर्वाचनको परिणामपछि तीनै नेताबीच पहिलोपटक छलफल भएको हो ।

    images