बुधबार, कार्तिक १९ गते २०८३
images
images

काठमाडौंमा बिहानैदेखि हुस्सु र कुहिरो, दिउँसो मात्र घाम लाग्ने

एक्सप्रेस पाना
पौष ७, २०७९ बिहीबार
  • 227
    SHARES
  • काठमाडौंमा बिहानैदेखि हुस्सु र कुहिरो, दिउँसो मात्र घाम लाग्ने

    काठमाडौंमा आज बिहानैबाट बादल र कुहिरो लागेको छ। सधै बिहानै पारिलो घाम लाग्ने काठमाडौं उपत्यकामा आज हुस्सुले गर्दा केही अँध्यारो देखिएको छ । 

    images

    मौसमविद् गंगा नगरकोटीका अनुसनर काठमाडौंमा बिहानैदेखि लागेको बादल र कुहिरो दिउँसो खुल्नेछ। कुहिरो र बादल लागे पनि वर्षाको कुनै सम्भावना नरहेको उनले बताइन् ।

    कुहिरो लागेर भिजिविलिटी कम भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन्सहरूको उडान तथा अवतरण प्रभावित भएको छ ।

    images

    त्रिभुवन अन्तरार्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार न्यून भिजिविलिटीमा उडान तथा अवरण रोकिएका छन् ।

    विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार खराब मौसमका कारण आन्तरिकतर्फको उडान पनि ठप्प  भने अन्तर्राष्ट्रिय उडान पनि प्रभावित भएको छ। मौसम खुलेपछि मात्रै उडान अवतरण सुरू हुने उनले जानकारी दिए ।