शुक्रबार, भाद्र २६ गते २०८३
images

फिलिपिन्सले नेपालसहित १० एसियाली देशमा लगाएको प्रतिबन्ध हटायो

एक्सप्रेस पाना
भाद्र २०, २०७८ आइतबार
  • 289
    SHARES
  • फिलिपिन्सले नेपालसहित १० एसियाली देशमा लगाएको प्रतिबन्ध हटायो

    भदौ २० काठमाडौं । फिलिपिन्सले नेपालसहित १० वटा एसियाली देशमाथि लगाएको यात्रा प्रतिबन्ध हटाएको छ । भोलि (सोमबार) देखि लागू हुने गरी यात्रा प्रतिबन्ध हटाइएको त्यहाँको सरकारलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    images

    कोरोना भाइरसको डेल्टा भेरियन्ट देखिन थालेपछि फिलिपिन्सले गएको अप्रिलदेखि नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्यान्ड, मलेसिया र इन्डोनेसियामाथि प्रतिबन्ध लगाइएको थियो । तर, अहिले अवस्था सुधार हुँदै गएको र खोपको प्रयोग पनि बढेको भन्दै यात्रा प्रतिबन्ध हटाइएको हो ।

    फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले यात्रा प्रतिबन्ध हटाउन अन्तर निकाय कोभिड–१९ कार्यदलको सिफारिस स्वीकृत गरेको जानकारी गराएका छन् । तर, फिलिपिन्स जाने यात्रुहरूले भने प्रवेश, परीक्षण र क्वरेण्टीनसम्बन्धी नियम भने पालना गर्नुपर्ने छ । 

    images