शुक्रबार, भाद्र २६ गते २०८३
images

‘छक्का पञ्जा ४’ फागुनमा प्रदर्शन हुने

एक्सप्रेस पाना
पौष ७, २०७९ बिहीबार
  • 362
    SHARES
  • ‘छक्का पञ्जा ४’ फागुनमा प्रदर्शन हुने

    काठमाडौं । छक्का पञ्जा-४ आगामी फागनुमा रिलिज हुने भएको छ । चलचित्रका निर्माता एवं अभिनेता दीपकराज गिरीले चलचित्रको ‘फस्ट लुक’ र पोस्टर सार्वजनिक गर्दै फागुन १९ मा चलचित्र प्रदर्शन हुने जानकारी दिनुभयो ।

    images

    चलचित्रले समसामयिक विषयवस्तु नै उठान गरेको उहाँको भनाइ छ । “चलचित्र छायाङ्कनको बाँकी काम पूरा गर्दैछौँ”, उहाँले भन्नुभयो ।

    हेमराज विसीको निर्देशन रहेको चलचित्रमा दीपकसँगै दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय हुनेछ ।

    images

    चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुनुहुन्छ ।

    “वितरकसँगको सल्लाहमा प्रदर्शन मिति तय गरेका हौँ । यसअघि ‘सिरिज’ जस्तै गरी दर्शकको माया पाउनेमा विश्वस्त छौँ”, कार्यकारी निर्माता शर्माले भन्नुभयो ।