राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिन्धुपाल्चोक र बाह्रबिसे नगरपालिकाबीचअन्र्तक्रिया सम्पन्न भएको छ । बाह्रबिसे नगरपालिका भित्र रहेको भूमिहिन दलित,भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र र अब्यबस्थित बसोबासीलाई ब्यबस्थितबसोबास गराउन आयोग र नगरबीच अन्र्तक्रिया गरिएको राष्ट्रिय भूमि आयोगका जिल्लासमिति सदस्य चित्र मिजारले जानकारी दिनुभयो ।
बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले नगरभित्रका ९ वटै वडामा भूमिहीनदलित, सुकुम्बासीको पहिचान गरी जग्गा प्राप्तिका लागि फाराम भर्ने कार्य भईरहेकोबताउनु भयो । आयोगका जिल्ला अध्यक्ष पराजुलीले जिल्लाका १२ वटा स्थानीय तहका १०३ वटैवडामा भूमिहीन दलित, सुकुम्बासी पहिचान, लगत संकलन र फाराम भर्ने कार्यभईरहेको बताउनु भएको छ । साथै अब्यबस्थित बसोबासीलाई ब्यबस्थित बसोबासका लागिकार्य अघि बढिरहेको जानकारी दिनु भयो ।
जिल्लाको तीन नगरपालिका नौं गाउँपालिकाका १०३ वटै वडामा गई आफूभूमिहीन दलित, सुकुम्बासी भएको फाराम भर्न र ब्यबस्थित बसोबासको लागि पनिफाराम भर्न आयोग सदस्य चित्र मिजारले आग्रह गरेका छन् ।
अन्र्तक्रियामा आयोगका सदस्य सचिव एवम नापी कार्यालयका प्रमुख सुमन पन्त, पदेन सदस्य एवममालपोत कार्यालयका प्रमुख चण्डीराज कोइराला, आयोग जिल्ला सदस्य चित्रकुमार मिजार,रामभक्त दनुवार, सुजाता लामा, बाह्रबिसे नगरपालिकाका वडा अध्यक्ष, अमिन, कर्मचारीहरुकोसहभागिता रहेको थियो ।
.jpg)


