बुधबार, कार्तिक १९ गते २०८३
images
images

आजको मौसम : तराईसँगै काठमाडौं उपत्यकामा हुस्सु

एक्सप्रेस पाना
पौष ८, २०७९ शुक्रबार
  • 262
    SHARES
  • आजको मौसम : तराईसँगै काठमाडौं उपत्यकामा हुस्सु

    नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।बिहान काठमाडौं उपत्यकासहित मुलुकका धेरैजसो स्थानमा हुस्सु लागेको छ ।

    images

    आज दिउँसो पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    शनिबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

    images

    प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको पनि आकलन गरिएको छ। हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।