बुधबार, कार्तिक १९ गते २०८३
images
images

भरतपुरमा अतिक्रमित घर टहरा भत्काइँदै

एक्सप्रेस पाना
पौष ८, २०७९ शुक्रबार
  • 182
    SHARES
  • भरतपुरमा अतिक्रमित घर टहरा भत्काइँदै

    चितवन । पूर्व-पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरभित्र पर्ने नारायणगढ-गोन्द्रङ सडकखण्डमा अतिक्रमण गरी बनाइएका घरटहरा आजदेखि भत्काउन सुरु गरिएको छ ।

    images

    सडक विस्तार गरी छ लेनको बनाउने कार्य भइरहेको उक्त खण्डका अतिक्रमित घर टहरा भत्काउन लागिएको हो । डिभिजन सडक कार्यालय चितवनले नारायणगढको पुल्चोकबाट घर भत्काउन सुरु गरेको छ । यो सडक निर्माणका क्रममा ५८  घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताए ।

    कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि भत्काउन लागिएको उनको भनाइ छ । घरका टप भत्काउनुपर्नेको सङ्ख्या एक सयभन्दा माथि छ । ती घरको टपबाहेक १० सेन्टिमिटरदेखि १.५ मिटरसम्म भत्काउनुपर्ने पौडेलले जानकारी दिए ।

    images

    सडक ५० मिटर फराकिलो हुने भएकाले त्यसभित्र परेका संरचना भत्काइने उनले बताए । यसअघि ३५ र १५ दिनको समय दिएर सूचना जारी गर्दा अटेर गरेकाले कार्यालय आफैँले भत्काउन लागेको हो ।