काठमाडौं : गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सिजन ४ को विजेता करन राई बनेका छन् ।
शुक्रबार भएको ग्राण्ड फिनालेमा फाइनलमा पुगेका अन्य ३ प्रतिस्पर्धी भन्दा बढी भोट प्राप्त गर्दै करण विजेता हुन सफल भएका हुन् ।विजेता बनेसँगै करणले नगद २५ लाखसँगै अन्य आकर्षक पुरस्कार हात पारे।
अन्य उत्कृष्ट ३ ले पनि नगदसँग आकर्षक पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।कोच प्रमोदबाट योगेश मगर, कोच राजुबाट करण राई, कोच प्रविशाबाट साइल लिम्बू र कोच राजेशबाट सविना योङहाङ गरि ४ जना फाइनल चरणसम्म पुग्न सफल भएका थिए।
सविना योङ्हाङ फर्स्टरनरअप बन्दा सेकेन्ड रनरअप योगेश मगर बने भने साइल लिम्बू थर्डरनरअप हुन सफल भए।


