बुधबार, कार्तिक १९ गते २०८३
images
images

आजको मौसम : आज न्यून चापीय प्रणालीको आंशिक प्रभाव

एक्सप्रेस पाना
पौष ९, २०७९ शनिबार
  • 157
    SHARES
  • आजको मौसम : आज न्यून चापीय प्रणालीको आंशिक प्रभाव

    हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । तराईसहित विभिन्न क्षेत्रमा तुवाँलो लागेको छ ।

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसबाहेक विभिन्न पहाडी क्षेत्रमा बदलीको आकलन गरिएको छ ।

    images

    राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण महाशाखाले गरेको छ ।

    आइतबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।