सोमबार, कार्तिक १७ गते २०८३
images
images

वैकल्पिक सडक निमार्णलाई प्राथमिकता दिँदै मेलम्ची नगरपालिका

एक्सप्रेस पाना
पौष ९, २०७९ शनिबार
  • 307
    SHARES
  • वैकल्पिक सडक निमार्णलाई प्राथमिकता दिँदै मेलम्ची नगरपालिका

    काठमाडौं । मेलम्ची बजारको बढ्दो चापलाई मध्यनजर गर्दै मेलम्ची नगरपालिकाले बजारका भित्रि तथा वैकल्पिक सडक निमार्णलाई तिव्रता दिएको छ ।

    images

    मेलम्ची बजारस्थित नमुना मार्गमा अहिले भित्रि सडक निमार्णको काम भइरहेको नगरपालिकाका इन्जिनियर जितबहादुर कार्कीले जानकारी दिनुभयो । भवन तथा शहरी विकास कार्यालय धुलिखेल मार्फत विनियोजित ५० लाख बजेटले काम भइरहेको सो सडक निमार्ण पश्चात् बजारको सवारी चाप केहिहद्सम्म न्युन हुने नगरपालिकाले अपेक्षा गरेको छ । 

    No description available.

    images

    मापदण्ड नपुगेको स्थान मा कम्पाउन्ड भत्काएर सडक बिस्तार गरेको कार्कीले बताउँनुभयो । पुर्बाधार बिकास कार्यालय चौताराको सहयोगमा सोहि सडकमा पर्ने जागेश्वरी पक्की पुल निमार्णको काम समेत अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । पुल निमार्णको काममा केहि ढिलासुस्ति भएको स्थानियको गुनासो पछि नगरपालिकाले पटक पटक ताकेता गरेपछि पुस मसान्त सम्म सडक र पुल निमार्ण सम्पन्न गर्ने लक्ष्य राखेको इन्जिनियर कार्कीले जानकारी दिनुभयो । 

    नगर प्रमुख आइतमान तामाङले नगरपालिकाले भित्रि सडक निमार्णलाई प्राथमिकता दिएको बताउनुभयो । साथै टार पिपलबोट भित्रि सडक निमार्णको लागि समेत २ करोड विनियोजन भई खरिद प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मेलम्ची