बुधबार, कार्तिक १९ गते २०८३
images
images

पाँचपोखरीका कर्मचारी तथा जनप्रतिनिधिका लागि विपद् प्रतिकार्य अभ्यास तालिम

एक्सप्रेस पाना
पौष ९, २०७९ शनिबार
  • 186
    SHARES
  • पाँचपोखरीका कर्मचारी तथा जनप्रतिनिधिका लागि विपद् प्रतिकार्य अभ्यास तालिम

    पाँचपोखरी थाङपाल गाउँपालिकाको समन्वय र आर्सो नेपालको आयोजनामा पालिकाका कर्मचारी तथा जनप्रतिनिधिका लागि आयोजित तीन दिने विपद् प्रतिकार्य अभ्यास तालिम शनिबार सम्पन्न भएको छ । 

    images

    तालिममा आगो, बस दुर्घटना र वाढीबाट प्रभावित भई विपद्मा परेका नागरिकहरुलाई के–कसरी खोज उद्धार, राहत तथा पुनर्लाभका कार्यक्रमहरु गर्न सकिन्छ भन्ने विषयमा कृत्रिम घटना अभ्यास प्रस्तुत गरिएको आर्सो नेपालका परियोजना संयोजक हर्क तामाङले जानकारी दिनुभयो । 

    images

    गाउँपालिकाका ४ जना वडा सचिव र १० जना शाखा प्रमुखलाई प्रारम्भिक तालिम दिइएको हो । तालिमको राजाराम श्रेष्ठ , हर्समान महर्जन र टीका महर्जनले सहजीकरण गर्नुभएको थियो । दैवि प्रकोपको तयारीको बारेमा जनचेताना फैलाउने उद्धेश्यले गरेको सो कार्यक्रममा दैवि प्रकोप आएको नाटकिय प्रदर्शन गरिएको थियो । यो अभ्यास वर्षा शुरु हुनु अघि, प्राक्टिकल एक्सनले दैवि प्रकोप न्यूनिकरण कार्यक्रम अन्तर्गत काम गरेको प्रत्येक समुदायमा गर्ने गरिएकोछ । 

    यस्ता तालिम बिपद जोखिम रहेका हरेक वडामा आवश्यक रहेको वन वातावरण तथा विपद् शाखाको सदस्य सचिव नारायण बन्जरा क्षेत्रीले बताउनुभयो ।

    No description available.