पाँचपोखरी थाङपाल गाउँ पालिका थाङपालकोट अबस्थित मानेखर्क महिला साना किसान कृषि सहकारी संस्थाको ९औं बार्षिक साधरण सभा शनिबार सप्पन्न भएको छ । ग्रामीण समाज कल्याण संघ (आर्सो नेपाल) का कार्यक्रम संयोजक हर्क तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रमले १३ सदस्यीय नंया कार्यसमिती चयन गरेको निर्वाचन मन्डलका संयोजक बिकाश तामाङले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि तामाङले महिलाको अगुवाईमा प्रबर्द्धन भईरहेको व्यावसायहरूलाई सहुलियतमा लगानी को लागि यो सहकारी कोशेढुङ्गा सावित हुने बताउँनुभयो । सहकारीले परिचालन गरीरहेको ५५ लाख रूपैया महिलामुखी साना व्यावसायको लागि हाललाई पर्याप्त मान्न सकिने बताउँनुभयो । सहकारीले सिंगो समाजलाई सकृय आर्थिक गतिविधीमा संलग्न गराईरहेको बताउँनुहुँदै यो समुदायको आर्थिक सशक्तिकरणको एउटा सुचक रहेको बताउँनुभयो ।
सहकारीको सार्की डोल्मा तामाङको अध्यक्षतामा १३ सदस्य नंया कार्य समिति सर्बसहमत चयन गरिएको छ । कुल ४२६ जना शेयर सदस्य, ३८ वटा समूह र ८ वटा उपसमिति रहेको सहकारीको बार्षीक प्रगति विवरण व्यवस्थापक उर्मिला मानन्धरले, आर्थिक प्रतिवेदन लेखा समिति संयोजक सीता श्रेष्ठले र आगामी कार्ययोजना सचिव सरला श्रेष्ठले पेश गर्नुभएको थियो । सभाले सबैभन्दा बढी बचत गर्ने बचतकर्ता, जेष्ठ सदस्य, उत्कृष्ट ऋणी, उत्कृष्ट समुहलाई सम्मान गरेको छ ।

.jpg)


