भदौ २० काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशसँग २ अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल खेल्न पक्का भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार बंगलादेशसँगै २ मैत्रिपूर्ण खेल दशरथ रंगशालामा हुने बताएको छ ।
नेपालले बंगलादेशसँग सेप्टेम्बर ९ र १२ (भदौ २४/२७) गते खेल्ने भएको हो । बंगलादेशी टोली सेप्टेम्बर ६ मा नेपाल आईपुग्ने छन् । त्यस्तै एन्फाले उक्त खेलको टिकट मूल्य सामान्यतर्फ २ सय र भीआईपीमा ५ सय राखिएको जनाएको छ ।
उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप २०२२ छनौट अघि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
छनोटका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय नेपाली टिमको घोषणा गरिसकेको छ ।
यस्तो छ नेपाली टोली
अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत,अनिता केसी, विमला बिक, विमला चौधरी, दिपा राई, गीता राना, हिरा भुजेल, इन्द्र राई, मन्जली थोकर, निशा थोकर, प्रिती राई, पुजा राना, पुनम जर्गा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु, सिर्जना सिंह


