शुक्रबार, भाद्र २६ गते २०८३
images

देउडा गीतमा प्रकाश सपूतको पहिलो प्रयास

एक्सप्रेस पाना
पौष १२, २०७९ मंगलबार
  • 242
    SHARES
  • देउडा गीतमा प्रकाश सपूतको पहिलो प्रयास

    गायक प्रकाश सपुत र गायिका लक्ष्मी आचार्यको स्वरमा लेउडा गीत सार्वजनिक भएको छ । ‘लाई हेल कालो टीको’ बोलको देउडामा प्रकाश र लक्ष्मीले स्वर दिएका हुन् । 

    images

    शब्द तथा संगीत नरेन्द्र राज रेग्मीको रहेको छ । संगीत संयोजन श्यामश्वेत रसाइलीको रहेको छ । मौसम हिमालीले निर्देशन गरेको भिडियोमा प्रकाश र लक्ष्मीसँगै हेमराज अधिकारीको अभिनय छ ।
     
    प्रकाशले आफूले पहिलो पटक देउडा गाएको बताएका छन् । दोहोरी साँझमा काम गर्दा देउडा गाए पनि अफिसियल रेकर्ड भने पहिलोपटक गरेको उनले स्पष्ट पारेका छन् ।