बुधबार, कार्तिक १९ गते २०८३
images
images

नागढुंगाबाट खैरो हेरोइन सहित २ जना पक्राउ

एक्सप्रेस पाना
पौष १२, २०७९ मंगलबार
  • 224
    SHARES
  • नागढुंगाबाट खैरो हेरोइन सहित २ जना पक्राउ

    काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगा नाकाबाट अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् ।हेरोइन जस्तो देखिन ४ ग्राम ५ मिलिग्राम पदार्थसहित सोमबार उनीहरूलाई  पक्राउ गरेको प्रहरीले जनाएको छ । 

    images

    पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका १७ का २४ वर्षीय सिद्धार्थ चौधरी र सोही ठाउँका २४ वर्षीय दिनेश चौधरी रहेका छन् ।

    झापादेखि काठमाडौं आउँदै गरेको बागमती  प्र ०३-००१ ख १६०१ नम्बरको बसलाई चेकजाँच गर्न क्रममा उक्त पदार्थ सहित फेला पारी बसमा सवार उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

    images