भदौ २० काठमाडौ । नेपाल भारतबीच हुने दोस्रो मैत्रिपूर्ण खेलको लागि नेपाली टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ ।
आजको खेलमा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरली भारतविरुद्धको पहिलो खेलमा भन्दा तीन खेलाडी परिवर्तन गरेका छन् । प्रशिक्षक अलमुताइरीले अन्जन विष्ट, सुमन अर्याल र नवयुग श्रेष्ठलाई बेञ्चमा राख्दा आशिष लामा, मनिष डाँगी र सुजल श्रेष्ठलाई पहिलो रोजाईमा मौका दिएका छन् ।नेपाल भारतबीचका उक्त दोस्रो खेल आज ५ः३० बजेबाट दशरथ रंगशालमा हुने खेलमा दुबै टोली जितको खोजीमा रहेका छन् । यस अघि पहिलो खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।
यस्तो छ नेपालको सुरुवाती-११ सार्वजनिक
गोलरक्षक : किरण चेम्जोङ
डिफेण्डर : गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजबंशी, पुजन राजबंशी,
मिडफिल्डर : सुजल श्रेष्ठ, तेज तामाङ, सुमन लामा, मनिष डांगी, आयुष घलान
स्ट्राइकर : नवयुग श्रेष्ठ



