बुधबार, कार्तिक १९ गते २०८३
images
images

सन्दीप लामिछानेको मुद्दा सुनुवाइ हुँदै

एक्सप्रेस पाना
पौष १४, २०७९ बिहीबार
  • 210
    SHARES
  • सन्दीप लामिछानेको मुद्दा सुनुवाइ हुँदै

    काठमाडौं । आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले दिएको पुनरावेदनमा सुनुवाइ हुँदैछ । 

    images

    काठमाडौं जिल्ला अदालतले दिएको आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । उक्त पुनरावेदन माथि बिहीबार सुनुवाइ हुँदै छ । 

    बिहीबार उच्च अदालत पाटनमा न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासको पाँचौँ नम्बरमा सुनुवाइ तोकिएको छ ।आफूलाई थुनामा पठाउने आदेश बेरित रहेको भन्दै बदरको माग राखेर सन्दीपले पुनरावेदन दिएका हुन् ।

    images

    सुनुवाइपछि इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामै राख्ने वा पुर्पक्षका लागि धरौटी रिहा गर्ने भन्ने आदेश गर्नेछ । यसअिघ सन्दीप र सरकारी वकिल दुवै पक्षबाट बहस हुनेछ । बहस सकिएपछि इजलासले आदेश दिनेछ ।