बुधबार, कार्तिक १९ गते २०८३
images
images

कैलालीमा ट्याक्टरले च्यापिएर एक जनाको मृत्यु

एक्सप्रेस पाना
पौष १४, २०७९ बिहीबार
  • 259
    SHARES
  • कैलालीमा ट्याक्टरले च्यापिएर एक जनाको मृत्यु

    काठमाडौँ । कैलालीमा ट्याक्टरले च्यापिएर एकजनाको मृत्यु भएको छ । 

    images

    गौरीगङ्गा नगरपालिका–५ मा ट्याक्टरको टायरले च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    हिलोमा फसेको ट्याक्टरको ट्रली निकाल्ने क्रममा गौरीगङ्गा–४ बस्ने  २२ वर्षीय गणेश चौधरीको मृत्यु भएको हो । चौधरीलाई गाडीको बिचको टायरले च्यापेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले बताए ।

    images