भदौ २० काठमाडौं । नेपाल भारतबीचको दोस्रो अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलको पहिलो हाफ समाप्त भएको छ । जसमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपालले पहिलो हाफमा भारतको तुलनामा बढी अवसर सिर्जन गरेपनि फिनिसिङमा चुक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।
त्यस्तै यस खेलबाट नेपालका नम्बर वान गोलरक्षक किरण कुमार लिम्बुले कीर्तिमान बनाएका छन् । उनले नेपालका लागि सबैभन्दा धेरै अन्तराष्ट्रिय क्याप खेल्ने कीर्तिमान आफ्नो नाममा राखेका हुन् । किरणको यो नेपालका लागि ७४ औं खेल हो ।

