शुक्रबार, भाद्र २६ गते २०८३
images

मल्लिका महत, सबिन कार्की-बीस्ट अभिनित म्युजिकल फिल्म 'चन्द्रमा'

एक्सप्रेस पाना
पौष १६, २०७९ शनिबार
  • 266
    SHARES
  • मल्लिका महत, सबिन कार्की-बीस्ट अभिनित म्युजिकल फिल्म 'चन्द्रमा'

    देखेर तिमीलाई-तीनपाते, के माया लाग्छ र ? जस्ता चर्चित गीतहरु सिर्जना गरेर दर्शक श्रोताहरुको मन जित्न सफल ब्राण्ड आर्ट्माण्डूले भर्खरै आफ्नो युट्युब च्यानलमा सबिन कार्की (बिस्ट) मल्लिका महत साथै सनाया लिम्बु अभिनित म्युजिकल फिल्म 'चन्द्रमा' रिलिज गरेको छ। उक्त गीतमा कबड्डी ४ को चर्चित गीत 'केशरी' फ़ेम्ड एस डि योगी र  रेश्मा पुनले आफ्नो आवाज दिएका छन् । सुष्मा सिग्देलको शब्द रहेको रहेको 'चन्द्रमा' गीतमा रिकेश गुरुङको संगीत संयोजन साथै  सुशान्त गौतमको  संगीत रहेको छ ।

    images

    शुटिंग गर्न गाउँ घरको लोकेशनमा जाने कलाकार, शुटिंग युनिट बीचमा घट्ने परिघटनाहरु  अनि उक्त शुटिंग हेर्न आउने गाउँघरका स्थानीयबासी, केटा केटिहरुको रमाईलो किस्सालाई जोडेर बुनिएको पटकथा लाई यसपटक म्युजिकल फिल्म 'चन्द्रमा' मार्फत देखाउन खोजिएको छ। यसै म्युजिकल फिल्मका निर्देशक नबिन चौहानले यस म्युजिकल फिल्म मार्फत चर्चित चाईनिज फिल्म निर्देशक झांग यी माओ र उनको फिल्म 'द रोड होम' लाई ट्रीब्युट दिएको बताएका छन् । म्युजिकल फिल्म 'चन्द्रमा' मा योगेश दाहालको छायांकन, कृष्ण भण्डारीको सम्पादन एवं रंग संयोजन रहेको छ भने पटकथा तथा निर्देशन नबिन चौहानले गरेका हुन् ।

    https://youtu.be/sMaH5EXy1Ws