भदौ २० काठमाडौं । नेपाल र भारतबीचको दोस्रो तथा अन्तिम अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा भारत विजयी भएको छ । आइतबार त्रिपुश्वस्थित दशरथ रंगशालामा भएको खेलमा पाहुना टोली भारतको जितमा सब्सिच्युट खेलाडी फारुकहाजी कासम चौधरी र कप्तान सुनिल क्षेत्रीले समान १/१ गोल गरे ।
निकै रोमान्चक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सएिको थियो । तर दोस्रो हाफमा पाहु्ना टोली भारत निकै हावी बन्यो । भारतको लागि खेलको ६२औं मिनेटमा गोल फारुकहाजी गर्दै भारतलाई अग्रता दिलाएका हुन् । उनी दोस्रो हाफको शुरुमै मदान प्रवेश गरेका थिए । त्यस्तै खेलको ८०औं मिनेटमा कप्तान क्षेत्रीले गोल गर्दै २-० गोलको अग्रता दिलाए ।
तर खेलको ८७औं मिनेटमा नेपालका लागि तेज तामाङले दर्शानीय गोल गरि खेल २-१ गोलको अबस्थामा ल्याएता पनि टोलीको हार टार्न भने सकेनन्
खेलमा तुलनात्मक रुपमा भारतले भन्दा नेपालले सुनौलो अवसर सिर्जना गरेता पनि खेलमा थप गोल गर्न भने सकेन । उक्त हार सँगै दुई अन्तराष्ट्रिय मैत्रिपुर्ण खेल सकिएको छ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल भएको हो । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुने तालिका रहेको छ ।
नेपाल र भारतबीचको पहिलो खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।


