शुक्रबार, भाद्र २६ गते २०८३
images

अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइदै

एक्सप्रेस पाना
पौष १७, २०७९ आइतबार
  • 238
    SHARES
  • अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइदै

    काठमाडौं । काठमाडौंमा आइतबार १०औँ अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइएको छ । वसन्तपुरबाट पर्यटन बोर्डसम्म र्‍याली निकालिएको छ । 

    images

    नेपाली टोपीको प्रवर्द्धन गर्नुका साथै मेरो शान, मेरो पहिचान राष्ट्रिय पोसाक संरक्षण अभियान भन्ने नारासहित टोपी दिवस मनाउदै छ ।

    मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाइमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोसाक दिवसको रूपमा मनाउन सुरु गरेका थिए ।

    images

    नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।

    विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन्।

    यो दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धूमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन् । यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ ।