शुक्रबार, भाद्र २६ गते २०८३
images

गुफाडाँडामा मेलम्ची कार्यपालिकाको बैठक

एक्सप्रेस पाना
पौष १७, २०७९ आइतबार
  • 330
    SHARES
  • गुफाडाँडामा मेलम्ची कार्यपालिकाको बैठक

    मेलम्ची नगरपालिकाले मेलम्ची–९ गुफाडाँडामा आफ्नो कार्यपालिका बैठक तथा विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न गरेको छ । नगरपालिकाले आज जलवायु सम्मेलन पार्क, गुफाडाँडामा बैठक गरेको हो ।

    images

    उक्त स्थानमा २०७५ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा जिल्ला समन्वय समितिले प्रथम जलवायु सम्मेलन गरेको थियो । त्यसपछि प्रत्येक वर्ष जनवरी १ तारिखमा जलवायु दिवस मनाइँदै आएको छ । गत वर्ष दिवसका अवसर पारेर रेस्लिङ खेल आयोजना गरेको थियो । यो वर्ष भने मेलम्ची नगरपालिकाले कार्यपालिका बैठक गरेको हो । जलवायु दिवसमा मेलम्ची–९ गुफाडाँडामा यस वर्ष नगरपालिकाले कार्यपालिका र विपद्  व्यवस्थापन समितिको बैठक गरेको छ । 

     यसअघि जिल्ला समन्वय समितिले दिवस मनाउँदै आएकामा यस वर्ष कार्यक्रम नगरेकाले नगरले बैठक राखेर दिवस आगामी वर्षदेखि नगरकै नेतृत्वमा सचेतनामूलक कार्यक्रम आयोजना गरेर गर्ने निर्णय गरिएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।

    images

    यस वर्ष केही समयपछि वृक्षरोपण तथा सरसफाइ कार्यक्रम गरिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिनुभयो । गुफाडाँडा पर्यटकीयस्थलका रुपमा विकसित हुँदै गएकाले थप पूर्वाधार, सहज सडकतर्फ नगरले ध्यान दिने उपप्रमुख उमा प्रधानले बताउनुभयो ।