सिन्धुपाल्चोक जिल्ला अन्तर्गत इन्द्रावती गाउँपालिका वडा नम्बर ४ नवलपुरस्थित मुलेमा अवस्थित दारिगौड देवि मन्दिर मा बर्सेनि पुर्णिामाको दिन मेला लाग्दै आएको स्थायी बताउँछ । यश देवीको स्थानीय श्यङ्बो गुठीले पुजा करिब ७ पुस्ता अगाडि देखिनै गर्दौ आएकी स्थानीय बताउँछ ।
करिब १०० यौ वर्ष पहिलो बाजेको पुस्ता चौतारी सांगचोकगढी नगरपालिका वाड न. २ गौरतीबाट बसाई सरेर नवलपुर मुलेमा आएको र बिस्तारै बसोबास गर्दै जादा आफ्नो घर पालन पशुपन्छी हरुलाइ छेतबिछेद पर्ना थालेपछी स्थानीय दुखित भइ बाजे पुस्ता सङ जोखान हेर्दानजिकै एउटा वाडरमा देवी मानु पर्ने भनेकोले स्थानीय नजिकैको दारिगौड वाडरमा देवि मानेको र वाडरमा भनेकाले दारिगौड नामकरण गरेको स्थानीय ले बताउछ ।
दारिगौड देवी लाई हरेक बर्ष पुजा गरे यो सबको अन्त्य हुने बताए । करिब ७ पुस्ता अगाडिदेखी नै पुजा गर्दै आएको र अब आउने वर्ष बैज्ञानिक तरिका पुजा गर्ने स्थानीय बाजे जयबहादुर श्यङ्बो बताउँछ ।
दारिगौड मेलाको अर्को विशेष के छ भने पहिला देखि नै देवि दर्शन गर्न आउने भक्तजनहरु लाई प्रसादको रूपमा आफुले खाने जस्तैः खट्टे, बदाम, सुन्तला, सखरखण्ड, पिँडालु, तरुल, चिया, रक्सी आदि जस्ता खानेकुरा हरु प्रसादको रूपमा दर्शनथी हरुलाइ दिने गर्दै आएको स्थानीय बताउँछ । भक्तजन खुशी भए देवि उसै खुशी हुने स्थानीय कि मान्यता रहेको स्थानीय बताउँछ ।
स्थानीय आफुहरु थोरै घरले मात्रा देवी पुजा गरेकोमा दुखी छैन । स्थानीय १० घर मिलेर हरेक बर्ष भक्तजनहरुलाइ चियापान देखी प्रसाद गूठी पुजा गर्दा करिब १ घर लाई ५००० हजार ले पनि नपुग्ने देखिन्छ। तर स्थानीय देवी को नाममा यत्ती खर्च हाम्रो लागि थोरै हो। हामी देवी को नाममा जत्ती भागमा आउँछ खर्च गर्न तयार स्थानीय बताउँछ। यति मात्र होइन कि स्थानीय आफै आफ्नो पैसा उठाएर मन्दिर बनाउछ। स्थानीय बाजे जयबहादुर तामाङ बताउँछ ७ पुस्ता ले भन्दा पाहिले देखि देवि लाई पुजा गर्दै आएको तर सरकारको पैसा भनेको अहिलेसम्म १ लाख ५० हजार भन्दा यो मन्दिर परेको छैन।
समय परिवर्तन संगै अहिले स्थानीय ले जात्र बिज्ञान युग ले मनाउदै आएको युवाहरु बताउछ। पहिला पहिला स्थानीय पन्चेबाजा बजाएर जात्रा मनौथेउ भने अहिले साउन्ड सिस्टम (DJ) को साथमा जात्रा मनाउने स्थानीय युवा पदम तामाङ बताउँछ।


