बुधबार, कार्तिक १९ गते २०८३
images
images

कुटपिट बाट घाइते भएका पौडेलको निधन

एक्सप्रेस पाना
पौष १८, २०७९ सोमबार
  • 255
    SHARES
  • कुटपिट बाट घाइते भएका पौडेलको निधन

    कुटपिट बाट घाइते भएका सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६ का ७४ बर्षिय मुक्तिनाथ पौडेलको उपचारको क्रममा निधन भएको छ । गत शनिबार सोही ठाउँका राजाराम रायमाझी हानेको धारिलो हतियार बाट गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा गएराति निधन भएको परिवारले जनाएको छ । 

    images

    शनिबार रायमाझीको कुटाइबाट ६० बर्षिय इस्वरी पौडेल र बर्ष ३० को गंगा पौडेल गम्भीर घाइते भएका थिए । घाइतेको हेलिकप्टर मार्फत उद्दार गरि थप उपचारका लागी काठमाडौ लगिएको थियो । अहिले अन्य २को अवस्था सामान्य रहेको परिवारले जनाएको छ । प्रहरीले निर्घात कुटपिट गरि गोठमा लुकिछिपि रहेको अवस्थामा रहेका रायमझीलाई सोहिदिन पक्राउ गरेको थियो ।

    घटना बारे अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दिनुभयो ।

    images