एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपेली छनौटको खेलमा स्पेनले जर्जियामाथि सानदार जित दर्ता गरेको छ ।
आइतबार राति भएको खेलमा स्पेनले जर्जियालाई ४–० गोलले हराएको हो ।
स्पेनको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन जोसे गया, कार्लोस सोलेर, फरान टोरेस र पाब्लो सराबियाले १र१ गोल गरे । स्पेनले पहिलो हाफमा ३ तथा दोस्रो हाफमा १ गोल थपेको थियो ।
उक्त जितसँगै समूह ‘बी’को शीर्ष स्थानमा रहेको स्पेनले पाँच खेलमा १० अङ्क जोडेको छ । १ अङ्क जोडेको जर्जिया भने पाँचौँ स्थानमा छ ।

