एजेन्सी । फिफा विश्वकप छनौटमा जर्मनले अर्मेनियाको पोष्टमा आधा दर्जन गोल गरेको छ । आइतबार राति घरेलु मैदान मार्कोडेज बेन्ज एरिनामा भएको खेलमा जर्मनले अर्मेनियालाई ६–० गोल अन्तरले पराजित गरेको हो ।
जर्मनीलाई सानदार जित दिलाउनको लागि सर्जी जिनाब्रीले दुई तथा मार्को रेउस, टिमो वार्नर, जोनास होफ्म्यान र करिम एडेयामीले १र१ गोल गरे । जर्मनीले पहिलो हाफमा ४ गोल गरेका थियो भने दोस्रो हाफमा दुई गोल थपेको थियो ।
खेलको छैटौ मिनेटमा सर्ज गिनाब्रीको गोलबाट अग्रता लिएको थियो । उनले लियोन गोरेट्जकाको पासमा गोल गरेका थिए ।
१५औं मिनेटमा मार्को रिउसको पासमा गिनाब्रीले अग्रता दोब्बर पारे । ३५औं मिनेटमा टिमो वेर्नरको पासमा मार्को रिउसले गोल गर्दै टोलीलाई ३–० ले अघि बढाए । ४५औं मिनेटमा लियोन गोरेट्जकाको पासमा टिमो वेर्नरले गोल गरेपछि जर्मनीले पहिलो हाफमै ४–० को आरामदायी अग्रता लिन सफल भएको थियो ।
५२औं मिनेटमा जोनास होफमानले गोल गर्दै टोलीलाई फराकिलो जिततर्फ अग्रसर गराए । इन्ज्युरी समयको पहिलो मिनेटमा सब्सिच्युट करिम एडिएमीले गोल गर्दै टोलीलाई ६–० को फराकिलो जित दिलाए ।
उक्त जितसँगै जर्मन समूह ‘जे’मा ५ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । यता पराजित अर्मेनिया समाा ५ खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ ।


