राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान)को कार्यसमिती बैठक जलवायु सम्मेलन स्थल मेलम्ची ९ गुफाडाँडामा सम्पन्न भएको छ । पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउने उद्धेश्यले गुफाडाँडामा सम्मेलन गरिएको निसानका अध्यक्ष सौर्य आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि निसानका प्रमुख सल्लाहकार ओम प्रसाद ढकालले यो ऐतिहासिक स्थानमा सम्मेलन गर्नपाएकोमा खुशि ब्यक्त गर्नुभयो । उहाँले गुफामा पर्यटन प्रर्वद्धनका लागि आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने बताउनुभयो ।
.jpg)

