एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनौट अन्तर्गत युरोपेली छनौटको खेलमा बेल्जियमले सहज जित निकालेको हो ।
आइतबार राति भएको खेलमा घरेलु टोली बेल्जियमले पाहुना टोली चेक रिपब्लिकमाथि ३-० गोलको सहज जित निकालेको हो । घरेलु टोली बेल्जियमको जितमा रोमेरो लुकाकु,इडेन हाजार्डले र एलेक्सिस सेलेमेकइयसले समान १/१ गोल गरे ।
खेलको ८औं मिनेटमा रोमेरो लुकाकुले गोल गरि घरेलु टोलीलाई १-० गोलको सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४१औ मिनेटमा हार्जडले गोल गरि घरेलु टोलीलाई पहिलो हाफमै २-० गोलको आरामदायी अग्रता दिलाएका थिए ।
त्यस्तै दोस्रो हाफको खेलको ६५औं मिनेटमा एलेक्सिसले गोली बेल्जियमको ३-० गोलको सहज जित पक्का गरे ।
उक्त जित सँगै समूह ईमा रहेको बेल्जियमले ५ खेलबाट १३ अंक बनाउँदै शीर्ष स्थानमा ररहेको छ । यता पराजित चेकको भने समान खेलबाट ७ अंक सहित दोस्रो स्थानमा रहेको छ ।


