शुक्रबार, भाद्र २६ गते २०८३
images

विश्वकप छनौट : लिंगार्डको दुई गोलमा इंग्ल्याण्डको सहज जित

एक्सप्रेस पाना
भाद्र २१, २०७८ सोमबार
  • 308
    SHARES
  • विश्वकप छनौट : लिंगार्डको दुई गोलमा इंग्ल्याण्डको सहज जित

    एजेन्सी ।  फिफा विश्वकप छनौटमा इंग्ल्याण्डले सहज जित निकालेको छ । आइतबार राति घरेलु मैदान वेम्बलीमा भएको खेलमा इंग्ल्याण्डले एन्डोरालाई ४-० गोल अन्तरले पराजित गरेको हो । 

    images

    घरेलु टोली इंग्ल्याण्डको जितमा जेसे लिंगार्डले २ गोल तथा ह्यारी केन र बुकायो साकाले १/१ गोल गरे ।  पहिलो हाफमा एक गोल गरेको इंग्ल्याण्डले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । 

    उक्त जितसँगै युरोेपेली छनोटको समूह आईबाट इंग्ल्याण्ड शीर्ष स्थानमा छ । ५ खेल खेलेको इंग्ल्याण्डको १५ अंक छ । एन्डोरा भने ५ खेलबाट ३ अंकसहित ५औं स्थानमा छ । 

    images

    त्यस्तै उक्त समूहको अर्को खेलमा अल्बानियाले हंगेरीलाई १-० गोल अन्तरले पराजित गरेको छ।