बुधबार, कार्तिक १९ गते २०८३
images
images

खानेपानी परियोजना हस्तान्तरण

एक्सप्रेस पाना
पौष २२, २०७९ शुक्रबार
  • 151
    SHARES
  • खानेपानी परियोजना हस्तान्तरण

    ग्रामीण समाज कल्याण संघ (आर्सो नेपाल ) र टिजिएच नेपालको सहयोग तथा पाँचपोखरी थाङपाल गाउँपालिकाको समन्वय र स्थानिय समुदायको सहभागितामा पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा न ६ मा अवस्थित कसेरी टोल खानेपानी आयोजनाको आज उद्घाटन गरिएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले आज सो परियोजनाको उद्घाटन गर्नुभएको हो ।

    images

    एक घर एक धारा कार्यक्रम अनुसार कसेरी तथा गोले टोल बासी २० घर धुरी १ सार्बजनिक धारा निमार्ण सम्पन्न भइ आज समुदायलाई हस्तान्तरण गरिएको आर्सो नेपालका परियोजना संयोजक हर्क तामाङले जानकारी दिनुभयो ।

    प्रबिधी सहितको सुरक्षित र स्वच्छ खानेपानी सुबिधा प्राप्त भएपछि स्थानिय बासीले खुशी ब्यक्त गरेका छन् । आफ्नै घरआँगनमा धारो निमार्ण भएपनि समयको बचत हुनुका साथै पानि लिन जानका लागि अन्त जानपर्ने समस्याको अन्त्य भएको स्थानिय रामहरी न्यौपानेले बताउनुभयो । हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष टासी लामाले आयोजनाको दिगो ब्यबस्थापन गर्न सुझाउँदै स्थानियमा बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो । 

    images

    उहाँले आर्सो नेपाललाई धन्यवाद ब्यक्त गर्दै धाराको संरक्षण गर्न आग्रह गर्नुभयो । कार्यक्रममा उपाध्यक्ष सुनिता अधिकारी,परियोजना संयोजक हर्क तामाङ, जनप्रतिनिधि, स्थानिय लगायतको उपस्थिति रहेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ६का वडा अध्यक्ष नारायण भट्टराईले जानकारी दिनुभयो ।