बुधबार, कार्तिक १९ गते २०८३
images
images

ग्लोबल आइएमई र बैंक अफ काठमाडौंले २५ पुसदेखि एकीकृत कारोबार सुरु गर्ने, २ दिन बैकिङ्ग सेवाहरु बन्द

एक्सप्रेस पाना
पौष २३, २०७९ शनिबार
  • 177
    SHARES
  • ग्लोबल आइएमई र बैंक अफ काठमाडौंले २५ पुसदेखि एकीकृत कारोबार सुरु गर्ने,  २ दिन बैकिङ्ग सेवाहरु बन्द

    काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंले २५ पुसदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । जसको कारण बैंकको मोबाईल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्ड, एटिएम तथा एजेण्ट मार्फत हुने रेमिटयान्स् सेवा भने यथावत संचालनमा रहनेछ ।

    images

    ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाडौंबीच मर्जरप्रश्चात आगामी पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ ।

    यसअघि दुवै बैंकका साधारणसभाबाट ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाडौं लिमिटेड मर्जर गर्ने विशेष प्रस्ताव पारित भएको थियो भने नेपाल राष्ट्र बैंकबाट समेत अन्तिम स्वीकृती प्राप्त भइसकेको छ । बैकको मर्जरपश्चात एकीकृत वित्तीय कारोबार स७३घढसरु गर्न डाटा माइग्रेसनका लागि आगामी शनिबार र आइतबार २ दिन ग्लोबल आइएमई बैक लिमिटेडको सम्पुर्ण बैकिङ्ग सेवाहरु बन्द रहनेछ ।

    images

    तर, सो अबधिमा बैंकको मोबाईल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्ड, एटिएम तथा एजेण्ट मार्फत हुने रेमिटयान्स् सेवा भने यथावत संचालनमा रहनेछ । यसबाट आफ्ना ग्राहक महानुभावहरुमा पर्न जाने असुविधाप्रति बैंक क्षमाप्रार्थी छ ।