बुधबार, कार्तिक १९ गते २०८३
images
images

सूर्यमुखी साना किसान कृषि सहकारी संस्था लिमिटेडको सत्रौं बार्षिक साधारण सभा तथा सातौं अधिवेशन सम्पन्न

एक्सप्रेस पाना
पौष २३, २०७९ शनिबार
  • 245
    SHARES
  • सूर्यमुखी साना किसान कृषि सहकारी संस्था लिमिटेडको सत्रौं बार्षिक साधारण सभा तथा सातौं अधिवेशन सम्पन्न

    सूर्यमुखी साना किसान कृषि सहकारी संस्था लिमिटेडको सत्रौं बार्षिक साधारण सभा तथा सातौं अधिवेशन सम्पन्न भएको छ । कुल २९४९ सदस्य रहेको सहकारीको शेयर पुजीँ १ करोड ४७ लाख रहेको छ । ८ करोड ७५ लाख ८५ हजार बचत रहेको सहकारीको हाल २० करोड ६० लाख ७१ हजार लगानी रहेको सहकारीकी लेखापाल बिना पोखरेलले जानकारी दिनुभयो ।

    images

    हाल सहकारीको लगानिमा रहेको रकम बाह्य ऋण ८ करोड ७६ लाख ६१ हजार छ भने आर्थिक वर्ष ७८÷७९ को खुद नाफा ८४ लाख ५७ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । साधारणसभाका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सहकारीको माध्यमबाट नगरको कृषि क्षेत्रमा काम योजना रहेको बताउनुभयो । उहाँले सुर्यमुखीले कृषकहरुको लागि धेरै सुविधाहरु प्रधान गरेको उल्लेख गर्दै नगरपालिकाले पनि सहकारी सँग समन्वय गर्दै आगामि दिनमा अगाडि बढ्ने बताउनुभयोे ।

    प्रमुख तामाङले समृद्ध नगर निमार्णका लागि सहकारीको पनि महत्वपुर्ण भूमिका हुने भन्दै सुर्यमुखी साना किसान कृषि सहकारी बाट अन्य सहकारीले पनि धेरे कुरासिक्न पर्ने बताउनुभयो । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख उमा प्रधानले सहकारीलाई सफलताको शुभकामना ब्यक्त गर्दै नगरपालिका सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

    images

    उहाँले सहकारी मार्फत ऋण लिएर ब्यबशाय गर्न आग्रह गर्दै सहकारी बाट लगेको ऋण अन्यत्र लगानी नगर्न समेत सुझाउनुभयो । उहाँले हरेक किसानलाई ब्यबशायीक बन्न सहकारीले महत्वपुर्ण भूमिका खेलेको बताउनुभयो । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष कृष्णमुरारी चौलागाईले स्थानिय स्तरमा रोजगारी सिर्जना गर्नका लागि सहकारी र स्थानिय सरकार बिच सहकार्य आवश्यकता रहेको बताउनुभयो । उहाँले कृषि क्षेत्रको विकासका लागि नगरपालिकाले काम गरिरहेको उल्लेख गर्दै उत्पादनमा वृद्धि गर्दै आयस्तर उकास्न सकिने पर्याप्त सम्भावना रहेको चौलागाईले बताउनुभयो ।

    सहकारीका अध्यक्ष मित्रलाल चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा समुह सम्मान, ऋण कारोबारमा उत्कृष्ण ऋणीहरु, बचतमा उत्कृष्ट जेष्ठ नागरिक,उत्कृष्ट खुत्रुके बचत र संस्थाको कार्यक्षेत्र भित्रका ७८ सालको एस इ इ मा उत्कृष्ट अंक ल्याउने प्रतिक चौलागाई र सलिना चौलागाईलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष मित्रलाल चौलागाईले संस्थाले गरेका कामका बारेमा जानकारी गराउँदै आगामि दिनमा पनि थप सुविधा सहित काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    सहकारीले मेलम्ची नगरपालिका, थाइल्याण्ड सरकार। सिडिइसि एफको सहयोगमा सुर्यमुखी दुग्ध संकलन केन्द्र स्थापना गरी दुध संकलन गरेको, भेटेरीनरी र पशु स्वास्थ्य प्राविधिकको ब्यबस्था, पाटि गाउँ सिन्धुखोला कृषि सडक स्तरोन्नती, विउ स्रोत केन्द्र भवन निमार्ण गरी विउ ग्रेडिङ मेसिन समेत जडान गरिएको प्रतिवेदनमा उल्लेख छ ।

    उत्पादनमा आधारीत अनुदान कार्यक्रम मार्फत दुध उत्पादन गरी विक्रि गर्ने किसानका लागि बार्षिक विक्रि दुध लिटरको आधारमा प्रति लिटर २का दरले विगत २ बर्ष देखि वितरण गरिएको सुत्केरी महिलाको लागि १५ सय पोषण भत्ता,अप्रेसन गर्नुपर्ने अवस्था भएकालाई १० हजार ६ महिनाको लागि निव्यार्जि ऋणको ब्यबस्था गरिएको, प्राकृतिक विपत्तिमा परेका शेयर सदस्यहरुलाई ५ हजार प्रदान गर्नुका साथै सदस्यको मृत्यु भएमा २ हजार काजक्रिया सहयोग गर्ने गरिएको समेत उल्लेख गरिएको छ ।

    सहकारीको आगामी कार्यक्रममा ४१ सय शेयर सदस्य बनाइने, हाल १ करोड ४७ लाख रहेको शेयरपुजीँ १ करोड ९० लाख पुर्याउने लक्ष्य रहेको अध्यक्ष चौलागाईले जानकारी दिनुभयो । अध्यक्ष चौलागाईले हाल रहेको २०१ समुहलाई वृद्धि गरी २२० बनाइने, प्रविधि मैत्री सम्पर्क कार्यालय स्थापना गर्ने, १० टन क्षमताको कोल्ड स्टोर स्थापना गर्ने, शेयर लाभांस लाई १५ प्रतिशत वितरण गर्ने कार्यलाई निरन्तरता दिने उल्लेख गरिएको छ ।

    कार्यक्रममा सुर्यमणी आचार्य, भिमसेन खतिवडा लगायतले आफ्नो प्रस्तुती प्रस्तुत गर्नुभएको थियो भने सयौंको सख्यामा शेयर सदस्यहरुको उपस्थिति रहेको सहकारीका प्रबन्धक गोविन्द नेपालले जानकारी दिनुभयो । कार्यक्रम पशुविमा समितिका गोविन्द प्रसाद चौलागाईले सञ्चालन गर्नुभएको थियो । अधिवेशनबाट मित्रलाल चौलागाईकै अध्यक्षतामा ११ कार्यसमिति चयन गरको छ । समितिको उपाध्यक्षमा भिमसेन चौलागाई, सचिवमा कुल प्रसाद चौलागाई, कोषाध्यक्षमा गोविन्द प्रसाद चौलागाई चयन हुनुभएको छ । सदस्यहरुमा नेत्र बहादुर तामाङ, कुमार थापा, पुर्णीमाया तामाङ, अनिता भट्टराई लामिछाने, टिकाराम तामाङ, शारदा चौलागाई र राम प्रसाद खतिवडा चयन हुनुभएको छ । त्यस्तै लेखा सुपरिवेक्षण समितिमा संयोजक कमलमणि खनाल,सदस्यहरुमा मान बहादुर कार्कि, जीवनमणी सिग्देल चयन हुनुभएको लेखापाल पोखरेलले जानकारी दिनुभयो ।