बुधबार, श्रावण १३ गते २०८३
images
images

२ अर्ब १० कराेड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

एक्सप्रेस पाना
पौष २५, २०७९ सोमबार
  • 413
    SHARES
  • २ अर्ब १० कराेड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले २ अर्ब १० कराेड रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ ।

    images

    बैंकले उपदान तथा पेन्सन काेषमा रहेकाे २ अर्ब १० कराेड रूपैयाँ बराबरकाे रकम  ३६६ दिनकाे अवधिका लागि (२०७९ साल माघ ४ गतेदेखि २०८० साल माघ ४ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेकाे छ ।

    बैंकले क वर्गका वाणिज्य बैंकहरूमा एक अर्ब ६८ कराेड रूपैयाँ, ख वर्गकाे विकास बैंकहरूमा ३१ कराेड ५० लाख रूपैयाँ र ग वर्गका वित्त कम्पनीहरूमा १० कराेड ५० लाख रूपैयाँ बराबरकाे रकम लगानी गर्न लागेकाे हाे ।

    images

    बैंक तथा वित्तीय संस्थाले पाैष २६ गते बेलुका ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

    मुद्दती निक्षेपकाे बारेमा सम्पूर्ण विवरण यस प्रकारकाे छ :

    63bbb797b8a61.jpg