मंगलबार, श्रावण १२ गते २०८३
images
images

साउने सङ्क्रान्ति:कर्णालीभर झराको राँको बाल्ने परम्परा अझै जीवितै

एक्सप्रेस पाना
श्रावण १, २०८३ शुक्रबार
  • 101
    SHARES
  • साउने सङ्क्रान्ति:कर्णालीभर झराको राँको बाल्ने परम्परा अझै जीवितै

    काठमाडौं । कर्णाली प्रदेशका विभिन्न जिल्लामा आज साउने सङ्क्रान्ति पर्वका अवसरमा परम्परागत रूपमा झराको राँको बालेर उत्साहका साथ मनाइँदैछ । 

    images

    आधुनिक जीवनशैली र प्रविधिको विकाससँगै कतिपय पुराना संस्कारहरू हराउँदै गएपनि कर्णालीका ग्रामीण बस्तीहरूमा भने यो मौलिक परम्परा अझै जीवितै रहेको हो।

    मुगु, हुम्ला, जुम्ला, कालिकोट, डोल्पा, दैलेख, जाजरकोट, सुर्खेत, सल्यान र रुकुम पश्चिमका ग्रामीण क्षेत्रमा साउने सङ्क्रान्तिको साँझ झराको राँको बाल्ने चलन छ ।

    images

    जङ्गलबाट ल्याइएको खोटोयुक्त काठ (झरा) बाट बनाइएको राँको बालेर घरआँगन, छत तथा गाउँ वरिपरि घुमाउने गरिन्छ ।

    पुस्तौँदेखि चल्दै आएको यो परम्परामा बालबालिका, युवा तथा ज्येष्ठ नागरिकसमेत सहभागी हुने गर्छन्।

    गाउँभरि राँकोको उज्यालोसँगै शुभकामना साटासाट गर्ने, आफन्त भेटघाट गर्ने ,मुठो खाने, दुध–दही र सामूहिक रूपमा पर्व मनाउने चलनले सामाजिक एकता र सद्भावलाई थप मजबुत बनाउने स्थानीय भीम चन्द हमालले बताए । 

    साउने सङ्क्रान्तिका अवसरमा कर्णालीका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा मेला लाग्ने परम्परा पनि छ । विशेषगरी मुगुको रारा ताल, लखुपाटन, गम्गी चौर, मिली र बाजथला, जुम्लाको चन्दननाथ क्षेत्र, हुम्लाको लिमी क्षेत्रलगायतका स्थानमा स्थानीय मेला तथा धार्मिक गतिविधि सञ्चालन हुने गरेका छन् । 

    आधुनिक जीवनशैलीका कारण कतिपय झराको राँको बाल्ने मौलिक संस्कृति अझै संरक्षण हुँदै आएको स्थानीय बासिन्दाले बताएका छन् । 

  • सम्बन्धित विषय:

  • # साउने सङ्क्रान्ति