मंगलबार, श्रावण १२ गते २०८३
images
images

विद्युत् महसुलमा उठाइएको भ्याट भदौको बिलमा समायोजन गर्ने प्राधिकरणको निर्णय

एक्सप्रेस पाना
श्रावण १२, २०८३ मंगलबार
  • 76
    SHARES
  • विद्युत् महसुलमा उठाइएको भ्याट भदौको बिलमा समायोजन गर्ने प्राधिकरणको निर्णय

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी उत्पन्न अन्योल हटाउँदै श्रावण महिनामा विद्युत महसुलसँगै असुल गरिएको भ्याट रकम आगामी भदौ महिनाको बिलमा समायोजन गर्ने जनाएको छ ।

    images

    प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै ग्राहकले तिरिसकेको भ्याटलाई भदौको बिलमा समायोजन गर्ने भनेको हो । 

    प्राधिकरणका अनुसार आर्थिक ऐन २०६३ अनुसार विद्युत सेवामा भ्याट लागू हुने व्यवस्था बमोजिम नेपाल विद्युत प्राधिकरण २०८३ श्रावण १ गतेदेखि भ्याटमा दर्ता भएको हो । त्यसपछि जारी भएका मासिक विद्युत महसुल बिलमा नियमानुसार भ्याट समावेश गरिएको थियो ।

    images

    २०८३ असार ३२ गतेसम्मको विद्युत् खपतको बिल २०८३ साउन १ गते वा त्यसपछि प्राप्त भए पनि साउन १ गते अघिको खपतमा आर्थिक ऐन, २०८३ को अनुसूची—१ समूह २ अन्तर्गत आवश्यक वस्तुका रूपमा विद्युत् शक्ति समावेश भएकाले त्यस्तो खपतमा भ्याट नलाग्ने सूचनामा उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # विद्युत् महसुल