काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार ३३.२८ अंकले घटेर २७०१.३२ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजार घटेसंगै सोमबार कारोबार रकम पनि सामान्य घटेको छ । शुक्रबार ६ अर्ब २६ करोडको कारोबार भएको बजारमा आज ६ अर्ब ८ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ३६ कम्पनीको सेयर मुल्य बढेको छ भने २३४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ५ कम्पनीको सेयर मुल्यमा भने कुनै परिर्वतन आएको छैन् ।



