शुक्रबार, भाद्र २६ गते २०८३
images

फेसन शोमा सहभागी हुन मलाइका अरोरा आइन् काठमाडौं

एक्सप्रेस पाना
पौष २८, २०७९ बिहीबार
  • 276
    SHARES
  • फेसन शोमा सहभागी हुन मलाइका अरोरा आइन् काठमाडौं

    काठमाडौं । भारतीय अभिनेत्री मलाइका अरोरा बिहीबार काठमाडौं आइपुगेकी छिन् । नेपाल रत्न तथा आभूषण संघले आयोजना गर्न लागेको फेसन रनवेमा भाग लिनका लागि मलाइका काठमाडौं आएकी हुन् ।

    images

    संघले चौथो जेम एण्ड ज्वेलरी एक्सपोले बिहीबार ज्वेलरी फेसन शो आयोजना गरेको छ । यसमा मलाईकाले शो स्टपरको रुपमा र्‍याम्प वक गर्दैछिन् ।

    सञ्चारकमीहरुसँग कुराकानी गर्दै उनले आफूले नेपाली गहना र पहिरन लगाएर र्‍याम्प वक गर्न लागेकोमा निकै उत्साहित भएको बताएकी छिन् । आफू छोटो अवधिका लागि नेपाल आए पनि भरपुर रूपमा समयको सदुपयोग गर्ने उनले बताएकी छन् ।

    images

    मुम्बईबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी मलाइका लगत्तै होटल याक एण्ड यति पुगेकी छिन् ।