भदौ २१ काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली राष्ट्रिय यू २३ टालीको प्रशिक्षकमा बालगोपाल महर्जनलाई नियुक्त गरेको छ । नेपालको सिनियर फुटबल टिमका प्रशिक्षक रहिसकेका बालगोपाललाई यू २३ टिमको प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
आसन्न एएफसी यू २३ एशियन कप छनौटका लागि महर्जनले नेपाली टिमको प्रशिक्षण सम्हाल्नेछन । यस्तै पूर्व खेलाडी रोजित केसीलाई सहायक प्रशिक्षक बनाइएको छ । रोजित पहिलो पटक यू २३ टिमको सहायक प्रशिक्षकको जिम्मेवारी पाएका हुन । यस्तै ललित चन्दले गोलकिपर प्रशिक्षकको भुमीकामा देखिनेछन । समुह बी मा हरेको नेपालले इरान, लेबनान, ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

