बुधबार, कार्तिक १९ गते २०८३
images
images

गोरखामा टिप्पर अनियन्त्रित भएर घरमा ठोकिएर दुर्घटना

एक्सप्रेस पाना
पौष २८, २०७९ बिहीबार
  • 196
    SHARES
  • गोरखामा टिप्पर अनियन्त्रित भएर घरमा ठोकिएर दुर्घटना

    गोरखाको शहिद लखन गाउँपालिकामा सडकमा गुडिरहेको टिप्पर अनियन्त्रित भएर घरमाथि ठोक्एिर दुर्घटना भएको छ । शहिदलखन गाउँपालिका-७ खाब्दिभन्ञ्याङ्म नजिकै गएराती सडकमा गुडिरहेको टिप्पर अनियन्त्रित भएर दुर्घटना भएको हो ।

    images

    टिप्पर सडक मुनि रहेको बिनमराज थापाको पक्की घरमा ठोक्किएको स्थानीयले बताएका छन् । दुर्घटनाबाट कुनै मानविय क्षति भने हुन पाएन । दुर्घटनाबाट टिप्पर र थापाको पक्की घरमा क्षति पुगेको छ ।

    घटनापछि जनप्रतिनिधि र स्थानीयले टिप्पर नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images